फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वप्रधानमन्त्री प्रचण्डले भारत र चीनको भ्रमण गर्दै

(GMT+08:00) 2018-09-05 19:56:08
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई देशको औपचारिक निमन्त्रणामा भारत र चीनको भ्रमण गर्न लागेको जानकारी दिनुभएको छ। दुवै देशका सरकार प्रमुखले आफूलाई भ्रमणको निमन्त्रणा दिएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले दुई छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारका लागि आफ्नो भ्रमण भइरहेको दावी गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

भारत र चीन भ्रमणको पूर्व सन्ध्यामा आफ्नो निवासमा पत्रकारसँग कुरा गर्दै उहाँले नेपालको विकासमा छिमेकी देशको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको समेत बताउनुभयो। दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ, उहाँले भन्नुभयो, दुवै देशसँग आर्थिक विकासका मोडेलमा कुराकानी हुनेछ।'

अध्यक्ष प्रचण्ड भदौ २१ गतदेखि २४ गतेसम्म भारतको भ्रमण गर्नुहुनेछ भने असोज १ गतेदेखि एक हप्तासम्म चीनको भ्रमण गर्ने उहाँको नीजि सचिवालयले जानकारी दिएको छ।

यसैबीच जनताको तहमा देखिएको असन्तुष्टिलाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले कामको आधारमा मन्त्रीको मूल्यांकन हुने समेत बताउनुभयो। उहाँले सरकारको विषयलाई लिएर पार्टी निरन्तर छलफलमा रहेको बताउनुभयो।तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलबाट प्रतिवेदन प्राप्त भसकेको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति र सचिवालय बैठकले यसवारे टुङ्गो लगाउने बताउनुभयो ।

जानकारी तथा लेखहरु