फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा मानव बेचविखन तथा ओसारपसारविरूद्धको १२औं राष्ट्रिय दिवस

(GMT+08:00) 2018-09-05 19:56:38
नेपालमा मानव बेचविखन तथा ओसारपसारविरूद्धको १२ औं राष्ट्रिय दिवस 'संघीयताको महत्वपूर्ण सारः मानव बेचविखन अन्त्यका लागि जिम्मेवारी र सहकार्यसहित गरौं खबरदार' भन्ने नाराका साथ यस विरूद्धमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ। नेपालबाट मानव बेचविखन तथा ओसारपसार गर्ने क्रम रोकिएको छैन बरू महिला र बालबालिका बेचविखन तथा ओसारपसारको क्षेत्र र सख्या वर्सेनि बढ्दो छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा खत्रीले विभिन्न नाकाबाट उद्धार गरिएका र हराएका महिला तथा बालिकाको संख्याका आधारमा बेचविखनबाट प्रभावितको संख्या ठूलो रहेको बताउनुभयो। नेपालबाट यति नै सख्यामा मानव बेचविखन तथा ओसारपसार भएका छन भन्ने आधिकारिक तथ्यांक अहिलेसम्म कसैसँग छैन तर बेचविखनविरूद्धमा काम गर्दै आएका संस्थाहरूले भने प्रत्येक वर्ष आठदेखि १० हजार महिला तथा बालिका विभिन्न प्रयोजनका लागि भारतसहित अन्य मुलुकसमेत बेचविखनमा पर्ने गरेको दाबी गर्दै आएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले दुई वर्ष पहिले हरेक वर्ष आठदेखि साढे आठ हजार महिला तथा बालिका बेचविखनमा परिरहेको प्रतिवेदन सार्वजनिक गरेको थियो। दिगो विकास लक्ष्यले लिएको लक्ष्य अनुसार मानव बेचविखनको अवस्था सन् २०२० सम्म ६५० र सन् २०३० सम्म ३२५ मा झार्नुपर्छ।

भारतलाई 'ट्रान्जिटप्वाइन्ट' बनाएर नेपाली महिलालाई ओमान, मलेसिया, इराक, लेवनान, लिभिया, तान्जानिया, केन्या तथा खाडीका विभिन्न मुलुकमा 'सप्लाई' गर्ने गरेको पाइएको गोरखापत्र अनलाइनमा खबर छ।

जानकारी तथा लेखहरु