फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जुलाईसम्म चीनको सेवामुलक आयात तथा निर्यातको कूल रकम २९ खर्ब चिनियाँ युआनभन्दा बढी

(GMT+08:00) 2018-09-05 19:57:29
चिनियाँ वाणिज्य मन्त्रालयद्वारा आज सेप्टेम्बर ५ तारिख सार्वजनिक तथ्यांक अनुसार,चालू वर्षको जुलाईसम्म चीनको सेवामुलक आयात तथा निर्यातको कूल रकम २९ खर्ब चिनियाँ युआन भन्दा बढी पुगेको छ। जुन पोहोरको सोही अवधिको तुलनामा नौ दशमलव नौ प्रतिशतले बढेको छ।

चिनियाँ वाणिज्य मन्त्रालयको सेवामुलक व्यापार व्यूरोका उप-प्रमुख ली युआनले "चिनियाँ सेवा"भन्ने राष्ट्रिय मार्का निरन्तर रुपमा अघि बढ्दै आएको सिलसिलामा लामा सेवामुलक निर्यातको मात्रा पनि गतिशीलताका साथ बढेको जानकारी दिनुभयो। तीमध्ये जुलाई महिनामा सेवामुलक निर्यातको रकम बीस प्रतिशत भन्दा बढी पुगेको छ। सेवामुलक निर्यातमध्ये सञ्चार,कम्प्युटर तथा सूचना सम्बन्धी सेवाको निर्यातको वृद्धि दर पचास प्रतिशत भन्दा बढी पुगेको छ,जुन सबैभन्दा ठूलो मात्रामा बढेको कुरा पनि उहाँले प्रकट गर्नुभयो।

यसका साथै चीनको सेवामुलक व्यापारको संरचनामा सुधार आएको छ। नवोदित सेवा सम्बन्धी आयात तथा निर्यातको कूल रकम नौ खर्ब अठासी अर्ब चौरासी करोड चिनियाँ युआन पुगेको छ।

जानकारी तथा लेखहरु