फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका एड्स प्रतिरोध सम्बन्धी सहयोगमा नयाँ अवसर

(GMT+08:00) 2018-09-05 19:57:52
सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलन सेप्टेम्बर ४ तारिख पैचिङमा सम्पन्न भएको छ। हिजै चीन तथा अफ्रिकाका सैंतीस वटा मुलुकले "एड्सको प्रतिरोध विषयक चीन-अफ्रिका सम्मेलनको संयुक्त प्रस्ताव" सार्वजनिक गरे। चीन-अफ्रिका सहयोग मञ्चको प्रारुपमा रहेको महत्वपूर्ण विषयको रुपमा चीन र अफ्रिकाबीच एड्स प्रतिरोध सम्बन्धी सहयोगमा नयाँ अवसर देखा परेको छ।

यताका केही वर्षदेखि विश्वका विभिन्न मुलुकहरु सँगै मिलेर एड्सको प्रतिरोध गर्नु विश्वको एउटा समान विचार बनिसकेको छ। भर्खरै सम्पन्न चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा चीन तथा अफ्रिकाका सैंतीस वटा मुलुकले "एड्स प्रतिरोध विषयक चीन-अफ्रिका सम्मेलनको संयुक्त प्रस्ताव" सार्वजनिक गरे। त्यस अनुसार,सन् २०१९देखि चीनले अफ्रिकी मुलुकहरु तथा सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरुसँग तीन वर्षसम्म हुने "चीन तथा अफ्रिकाका किशोर तथा युवाहरुका लागि एड्स निवारण तथा सामुदायिक स्वास्थ्य कार्यक्रम"को कार्यान्वयन गर्ने छ। चिनियाँ रोग प्रतिरोध तथा नियन्त्रण केन्द्र अन्तर्गत यौन रोग तथा एड्स प्रतिरोध तथा नियन्त्रण केन्द्रका प्रथम विशेषज्ञ शाउ यी मिङले उक्त कार्यक्रम अफ्रिकामा एड्स प्रतिरोधका लागि सुहाउने ठहर गर्नुभयो।

जानकारी तथा लेखहरु