फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आधारभूत क्षेत्रका शिक्षक-शिक्षिकाहरुद्वारा शिक्षा कार्यको विकासबारे बयान

(GMT+08:00) 2018-09-05 19:58:14
चीनको राज्य परिषदको प्रेस कार्यालयले आज चीनका विभिन्न ठाउँका उत्कृष्ट शिक्षक-शिक्षिकाहरुलाई निम्तो पठाएर चीन र विदेशका पत्रकारसँग कुराकानी गराएको छ। ती शिक्षक-शिक्षिकाहरुले यताका केही वर्षदेखि चीनको शिक्षा कार्यबारे आ-आफ्नो अनुभव सुनाएका छन्।

सन् २०१५ मा छन् ली छ्व्युनले हाङचौ शहरको श्वे च्युन माध्यमिक विद्यालयका प्रिन्सिपलबाट अवकाश लिएर क्वै चौ प्रान्तको छेन तुङ नान म्याउ जाति तथा तुङ जाति स्वशासित प्रिफेक्चरको थाइ च्याङ जिल्लाको जातिय माध्यमिक विद्यालयका प्रिन्सिपलको पदमा बस्नुभयो। उहाँले बाह्र वर्षसम्मको आधारभूत शिक्षा नपाएका बच्चाहरुको संख्या झन् झन् कम रहेको र विद्यालयमा शिक्षा सम्बन्धी स्रोत लगायत विभिन्न क्षेत्रमा फड्को मार्ने गरी प्रगति हासिल भएको महसुस गर्नुभयो।

सी आन यातायात विश्व विद्यालयका प्राध्यापक थाउ वन छ्वेनले चीनमा सुधार तथा खुलापन भएको चालीस वर्षदेखि उच्च स्तरीय शिक्षामा देखा परेको एउटा महत्वपूर्ण परिवर्तन डिग्री सम्बन्धी व्यवस्थाको स्थापना तथा त्यसलाई पूर्णता दिलाएको ठहर गर्नुभयो।

जानकारी तथा लेखहरु