फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी र नाइजेरियका राष्ट्रपतिबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-09-05 19:58:46
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज सेप्टेम्बरको ५ तारिखका दिन पैचिङस्थित जनबृहत् सभाभवनमा नाइजेरियाका राष्ट्रपति मुहम्मादु बुहारीसँग भेटघाट गर्नुभएको छ।

सिन्ह्वा समाचार समितिका अनुसार भेटमा राष्ट्राध्यक्ष सीले चीन-अफ्रिका आपसी प्रयासमार्फत चीन-अफ्रिका सहकार्य मञ्च पैचिङ शिखर सम्मेलन सफलताका साथ सम्पन्न भएको बताउनुभयो। साथै उहाँले चीन तथा अफ्रिकाबीचको सम्पूर्ण रणनैतिक सहयोगात्मक सम्बन्ध यस सम्मेलनका लागि अझ बढी सबल भएको कुरा पनि बताउनुभयो। नाइजेरिया अफ्रिकाको ठूलो मुलुक मात्र नभई चीनको महत्वपूर्ण सहयोगी साथी भएकोले चीनले नाइजेरियासँगको सम्बन्धलाई महत्व दिएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

भेटमा नाइजेरियाका राष्ट्रपति बुहारीले चीनबाट नाइजेरियालाई उपलब्ध समर्थनका लागि धन्यवाद व्यक्त गर्दै ' बेल्ट एण्ड रोड'को प्रस्तावप्रति सक्रिय रूपमा मूल्याङकन गरेको कुरा पनि व्यक्त गर्नुभयो। अफ्रिका तथा चीनबीचको साझा हितयुक्त उपलब्धी तथा यी दुवै पक्षसँगको विकास सम्बन्धलाई सबल पार्नका लागि चीनसँग मिलेर 'बेल्ट एण्ड रोड'को प्रस्ताव निर्माणमा भाग लिने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु