फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र अफ्रिकी संघका अध्यक्षबीच पैचिङमा भेटवार्ता

(GMT+08:00) 2018-09-05 19:59:10
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आज ५ तारिखका दिन पैचिङस्थित जन बृहत् सभाभवनमा अफ्रिकी संघका अध्यक्ष मौस्सा फाकीसँग भेटवार्ता गर्नुभएको

सिन्ह्वा समाचार समितिले जनाएको छ।

राष्ट्राध्यक्ष सीले चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको सफलताका साथ आयोजना गर्न अध्यक्ष फाकीबाट दिइएको योगदानको प्रशंसा गर्नुभयो। गएको केही वर्षदेखि चीन र अफ्रिकी संघबीचको सहयोग र उपलब्धि उल्लेखनीय भएको भन्दै राष्ट्राध्यक्ष सीले अन्तर्राष्ट्रिय मामिलामा सम्पर्क तथा समन्वय झन् घनिष्ट भएको पनि औंल्याउनुभयो।

प्रत्युत्तरमा अध्यक्ष मौस्साले चिनियाँ राष्ट्राध्यक्ष सीको नेतृत्वमा चीन-अफ्रिका सहयोग मञ्चको पैचिङ शिखर सम्मेलन सफलताका साथ आयोजित भएको र अफ्रिका तथा चीनबीचको सम्बन्धले विकासको बाटो खोजिसकेको विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु