फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रपति सीद्वारा पाकिस्तानी नयाँ राष्ट्रपतिलाई बधाई सन्देश

(GMT+08:00) 2018-09-05 19:59:57
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पाकिस्तानका नयाँ निर्वाचित राष्ट्रपति आरिफ अल्भिलाई एउटा बधाई सन्देश पठाउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

सो बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन र पाकिस्तानबीचको घनिष्ट छिमेकी सम्बन्ध, राम्रो साथी र दाई-भाई जस्तै बनेर अन्तर्राष्ट्रिय परिवर्तित परिस्थितिमा यी दुई मुलुकको सम्बन्धमा कुनै परिवर्तन नभएको कुरा व्यक्त गर्नुभयो।

सन् २०१५ मा सीले पाकिस्तानको राजकीय भ्रमण गरेयता चीन र पाकिस्तानबीचको दुइपक्षीय सम्पूर्ण रणैतिक साझेदारी सम्बन्ध विकसित भइरहेको र हाल यी दुई मुलुकले साझा प्रयास गरी एकअर्कामा राजनैतिक विश्वास कायम राखेको देखिन्छ।

जानकारी तथा लेखहरु