फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग चिनियाँ कम्पनीले बनाउने

(GMT+08:00) 2018-09-06 14:25:33

लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ। नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको खबर आजको कारोबार दैनिकले छापेको छ।

परियोजनाले सुरुङ मार्गमा ९५ प्रतिशत लगानी पावर चाइनाले गर्ने सममति भएको छ। यो सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ। गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ। पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तराष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको जनाइएको छ।

पावर चाइनाले एनपीबीसीएलको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेको छ भने कम्पनी पछिल्लो ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण सम्पन्न गरिसकेको छ। पावरचाइनाले गत वर्षको पुसमा प्राविधिक प्रस्तावसमेत पेश गरिसकेको छ । पुनरावलोकनपश्चात यस परियोजनामा सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ। विश्वप्रसिद्ध पावर चाइना कम्पनीमा सिनो हाइड्रोलगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन्।

जानकारी तथा लेखहरु