फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालको बुटवलमा औद्योगिक प्रर्दशनी हुने

(GMT+08:00) 2018-09-06 14:27:15

असोज दोस्रो साता रुपन्देहीको बुटवलमा औद्योगिक प्रर्दशनी हुने भएको छ। उद्योग व्यापार संघ, बुटवल, नेपाल राष्ट्रिय व्यापार संगठन केन्द्रीय कार्यालय, काठमाडौंको आयोजना र जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिकाको सह–आयोजनामा प्रदर्शनी हुन लागेको अनलाइनखबरले लेखेको छ।

स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिक तथा व्यापार विविधीकरण नारा दिइएको प्रदर्शनी असोज १९ गतेबाट २८ गतेसम्म रामनगर बुटवलमा हुने आयोजकले जनाएका छन्।

उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष प्रविनबहादुर पाठकले साना व्यवसायी र उद्योगीहरुका सामानहरुको प्रदर्शन गर्न र उपभोक्तालाई दैनिक उपभोग्य वस्तहरु सस्तो मूल्यमा उपलब्ध गराउन मेला आयोजना गरिएको जानकारी दिनुभयो।

प्रदर्शनीबाट १५ देखि २० करोडसम्मको कारोबार गर्ने र ३ लाख दर्शक भित्राउने लक्ष्य आयोजकको छ।

१ सय ५० सदस्यीय मुल आयोजक समिति, ५० सदस्यीय सल्लाहकार समिति तथा विभिन्न १६ वटा उप–समिति गठन गरी तयारी तीव्र पारिएको संघका निवर्तमान अध्यक्ष खेम श्रीसले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु