फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

औषधीको खर्चलाई घटाउन चीनले आधारभूत औषधी सम्बन्धी व्यवस्थालाई पूर्णता

(GMT+08:00) 2018-09-06 14:31:49

हाल चीनको राज्य परिषदको स्थायी बैठकमा राष्ट्रिय आधारभूत ‌औषधी सम्बन्धी व्यवस्थालाई पूर्णता दिलाउने दस्तावेज पारित गरिएको छ। यसका साथै राष्ट्रिय आधारभूत ‌औषधीको सूचिलाई मिलाउने कार्य पनि शुरु भएको छ। राज्य परिषदको प्रेस कार्यालयले हिजो सेप्टेम्बर ५ तारिख एक ब्रिफिङको आयोजना गरेको छ। चीनको राष्ट्रिय स्वास्थ्य समितिका अधिकृतले यस सम्मेलनमा सर्वसाधारणको औषधीको खर्चलाई घटाउन चीनले आधारभूत औषधी सम्बन्धी व्यवस्थालाई पूर्णता दिलाउने तताआधारभूत औषधीको आपूर्तिलाई प्रत्याभूति दिने बताए।

आधारभूत औषधी सम्बन्धी व्यवस्थालाई पूर्णता दिलाउनु स्वास्थ्य तथा चिकित्सा सम्बन्धी व्यवस्थाको सुधारलाई गहन पार्ने एउटा महत्वपूर्ण कदम हो। चीनको राष्ट्रिय स्वास्थ्य समितिका उप-प्रमुख चङ यी सिनले यस पटकको सुधारमा सन् २०१२को सूचिमा भएका औषधीलाई पाँच सय बीस प्रकारबाट छ सय पचासी प्रकारसम्म बढाउने जानकारी दिनुभयो।

औषधीको अभाव सम्बन्धी समस्या यताका केही वर्षदेखि चिनियाँ सर्वसाधारणले ध्यान दिएको एउटा विषय बनेको छ। यसबारे चर्चा गर्दै चङ यी सिनले आधारभूत औषधीको आपूर्तिको ग्यारेन्टीमार्फत बिरामीहरुको चिन्ता हटाइने प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु