फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका शिखर सम्मेलन ऐतिहासिक कोसेढुंगा- चिनियाँ परराष्ट्रमन्त्री वाङ

(GMT+08:00) 2018-09-06 15:49:31

चीनको राज्य परिषदका सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले आज सेप्टेम्बर ६ तारिख सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै सन् २०१८ चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको अवस्था तथा त्यसमा भएको उपलव्धीबारे जानकारी दिनुभएको छ। उहाँले यस पटकको शिखर सम्मेलन अहिलेसम्म चीनले आयोजना गरेको सबैभन्दा ठूलो परिमाण तथा सबैभन्दा उच्चस्तरको घरेलु कूटनीतिक गतिविधि भएको व्यक्त गर्दै चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा यस शिखर सम्मेलनले चीन र अफ्रिकाले सदिच्छापूर्ण रुपमा सहयोग गरी अनेकन अर्थपूर्ण उपलव्धीहरु हासिल गरेको बताउनुभयो। पैचिङ शिखर सम्मेलन आपसी एकता तथा सहयोगलाई सबल पार्ने तथा संयुक्त विकासलाई अघि बढाउने ऐतिहासिक कोसेढुंगा भएको कुरा पनि उहाँले बताउनुभयो।

सन् २०१५ चीन-अफ्रिका सहयोग मञ्च जोहाननेस्बर्ग शिखर सम्मेलनपछि चीन र अफ्रिकाका नेतागणले पैचिङ शिखर सम्मेलनमा फेरि सामूहिक रुपमा भेट-वार्ता गरेका हुन्। यस पटकको शिखर सम्मेलनमा प्राप्त मुख्य उपलव्धीहरुमा चीन र अफ्रिकाले पारस्परिक हितलक्षित अरु घनिष्ठ समुदायको स्थापना गर्ने सहमति जनाएका, अफ्रिकी मुलुकहरुले "बेल्ट एण्ड रोड"को सक्रियताका साथ समर्थन दिएर त्यसको निर्माणमा सक्रिताका साथ भाग लिएका,आगामी चरणमा चीन-अफ्रिका सहयोगका लागि चीनका "आठ वटा कार्यक्रम"को अफ्रिकाले उच्च मूल्यांकन गरेका तथा बहुपक्षीयतावादको निरन्तर रुपमा समर्थन गरी एकपक्षीयतावादको प्रतिरोध गर्ने सहमति दुवै पक्षले गरेका विषयहरु समावेश छन्।

जानकारी तथा लेखहरु