फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शिखर सम्मेलनमा अफ्रिकाको विकासका लागि तीन प्रेरक शक्ति

(GMT+08:00) 2018-09-06 16:56:40

सन् २०१८ चीन -अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलन सफलताका साथ सम्पन्न भएको छ। पैचिङ शिखर सम्मेलनमा पारित पैचिङ घोषणा-पत्र तथा आगामी तीन वर्षका कार्यक्रमबाट चीन,अफ्रिका तथा अन्तर्राष्ट्रिय समुदायमा सक्रिय प्रतिक्रिया जनाइएको छ। शिखर सम्मेलनमा सहभागी अफ्रिकी राष्ट्रनायक तथा सरकारी प्रमुखको विचारमा "चीन अफ्रिकाको भरपर्दो साझेदार तथा मित्र हो",विशेष गरी चीन र अफ्रिकाको हितलाई लक्षित अरु घनिष्ठ समुदायको निर्माणको सम्बन्धमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङबाट प्रस्तुत नयाँ अवधारणा तथा नयाँ कदमले "अफ्रिकी महाद्वीपको शान्ति,स्थिरता तथा दिगो विकासका लागि गहन असर पार्नेछ"।

व्यवहारिक दक्षतालाई महत्व दिनु चीन-अफ्रिका सहयोगको सबैभन्दा आकर्षक पक्ष हो। यस पटकको पैचिङ शिखर सम्मेलनले "आठ वटा कार्यक्रम"प्रस्तुत गरेको छ। यी"आठ वटा कार्यक्रम"ले अफ्रिकाको विकासका लागि तीन प्रेरक शक्ति दिनेछ।

पहिलो,यो अफ्रिकाको माग अनुकूल अफ्रिकाको विकासको लक्ष्यलाई पूरा गर्न उपयोगी हुनेछ। दोस्रो,यसले अफ्रिकाको विकासप्रति अफ्रिकी जनताको विश्वासलाई बढाउनेछ। र तेस्रो,यसले अफ्रिकाप्रति विश्वको मान्यता स्तरलाई माथि उकासेर अफ्रिकामा अन्तर्राष्ट्रिय समुदायको लगानी तथा सहयोगका लागि प्रेरित गर्नेछ।

जानकारी तथा लेखहरु