फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेश मन्त्री पाकिस्तानको भ्रमणमा

(GMT+08:00) 2018-09-06 16:57:35

अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले हिजो सेप्टेम्बरको ५ तारिखका दिन पाकिस्तानको भ्रमण गर्नुभएको छ। यस भ्रमणमा उहाँले पाकिस्तानको सरकार तथा सैनिक पक्षसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ। यसका साथै यी दुई पक्षले यस पटकको वार्तामार्फत अमेरिका तथा पाकिस्तानबीचको सम्बन्धलाई अगाडि बढाउने र अफ्गानिस्तान वार्तालाई शान्तिपूर्ण बनाउने जनाइएको छ।

सोही दिन पाकिस्तानका विदेश मन्त्री शाह मेहमूद कुरेशीले अमेरिकाका विदेश मन्त्रीसँग भेटेपछिको पत्रकार सम्मेलनमा बोल्दै यी दुई देशबीचको सम्बन्धलाई पुनर्निर्माण गर्नका लागि यस पटकको वार्ता सक्रिय भएको र पहिलेको अविश्वासको वातावरण हटाएको कुरा व्यक्त गर्नुभयो।

अमेरिकाका विदेश मन्त्री पोम्पेओले पाकिस्तानसँगको सम्बन्ध पुनर्निर्माण गर्न विभिन्न क्षेत्रका विषयहरूमा छलफल गरेको र यस पटकको वार्ताले यी मुलुकबीचको सम्बन्ध आगामी दिनमा अझ बढी घनिष्ट बनाउन आधार तयार पार्ने आशा पनि गर्नुभयो।

जानकारी तथा लेखहरु