फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ शिखर सम्मेलनले चीन-अफ्रिका चौतर्फी सहयोगालाई प्रचूर पारेको चिनियाँ राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2018-09-06 18:26:36

चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलन सफलताका साथ सम्पन्न भएको छ। शिखर सम्मेलनका विषयहरुबारे छलफल चलिरहेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज सेप्टेम्बर ६ तारिख अफ्रिकाका धेरै नेताहरुसँग भेट-वार्ता गर्नुभएको छ। वार्तामा "बेल्ट एण्ड रोड","आठ वटा कार्यक्रम","चीन र अफ्रिकाका जनताको हितलक्षित समुदाय"लगायत विषयहरु चर्चित छन्। अफ्रिकाका नेताहरुले पैचिङ शिखर सम्मेलन धेरै सफल रहेकोमा प्रशंसा गरेका छन्। सी चिन फिङले पैचिङ शिखर सम्मेलनले चीन-अफ्रिका चौतर्फी रणनीतिक,सहयोगात्मक तथा साझेदारी सम्बन्धको भित्री अर्थलाई पर्याप्त पारेको भन्दै चीनले अफ्रिकालाई अरु बढी रचनात्मक सघाउ पुर्‍याउने विचार व्यक्त गर्नुभयो।

मध्य अफ्रिकाका राष्ट्रपति फाउस्टिन आरचाँग तौआदेराले राष्ट्राध्यक्ष सी चिन फिङसँग वार्ता गर्दा चीनसँगै मिलेर "बेल्ट एण्ड रोड",तथा"आठ वटा कार्यक्रम"को प्रारुपमा व्यवहारिक सहयोगलाई मजबुत पार्न मध्य अफ्रिका इच्छुक रहेको बताउनुभयो। त्यसैगरी युगान्डाका राष्ट्रपति योवेरी मुसेभिनीले राष्ट्राध्यक्ष सी चिन फिङसँग भेटवार्ता गर्दै "बेल्ट एण्ड रोड"मा चीन सहभागी भएको पूर्वाधार परियोजनाले युगान्डाको आर्थिक प्रतिस्पर्धात्मक शक्तिलाई माथि उकासेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु