फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतमा एउटा डुङ्गा उल्टिँदा तीनको मृत्यु, एघार बेपत्ता

(GMT+08:00) 2018-09-06 18:48:13

सेप्टेम्बर ५ तारिखका दिन एउटा मोटर डुङ्गा भारतको आसाम प्रदेशको कामरूप जिल्लास्थित ब्रम्हपुत्र नदीमा पल्टिँदा तीन जनाको मृत्युभएको छ। साथै एघार जना वेपत्ता भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

यस दुर्घटनाको उद्धारमा संलग्न कामरूप जिल्लाका अधिकारीले दुर्घटना स्थानीय समयअनुसार ५ तारिख दिउँसो २ बजे भएको र डुङ्गामा ३६ यात्री सवार रहेको बताए। अहिलेसम्म १० जनाको उद्धार गरिएको छ र अरू १२ जना आफैं बचेको समाचार छ। ती अधिकारीका अनुसार डुङ्गाको क्षमता २२ जनाको मात्रै रहेको छ। तर १८ वटा मोटरसाइकल पनि त्यसैमा अवैध तरिकाले राखिएकाले भार क्षमता बढ्न गै दुर्घटना भएको हो।

जानकारी तथा लेखहरु