फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-अफ्रिका निजी आर्थिक सहकार्य शिखर सम्मेलन हाङचौ शहरमा शुरू

(GMT+08:00) 2018-09-06 18:48:54

चीन-अफ्रिका सहकार्य सम्मेलन पैचिङ शिखर सम्मेलन अन्तर्गत चीन-अफ्रिका निजी आर्थिक सहयोग शिखर सम्मेलन आज सेप्टेम्बरको ६ तारिखका दिन हाङचौ शहरमा आयोजित भयो। यस सम्मेलनको शीर्षक "चीन र अफ्रिकाबीचको निजी आर्थिक सहकार्यलाई गहन बनाउने" रहेको छ र पैचिङ शिखर सम्मेलनमा बनाइएको परियोजनालाई व्यवहारिक कार्यान्वयन गर्नु यस सम्मेलनको उद्देश्य रहेको छ।

सम्मेलनमा चीन र अफ्रिकाको राजनैतिक तथा व्यापारिक क्षेत्रबाट आएका ३०० भन्दा बढी प्रतिनिधिहरू छन्। चीनका रणनैतिक साझेदारी सम्मेलनका उपाध्यक्ष, चिनियाँ राष्ट्रिय व्यापारिक संघका अध्यक्ष काउ युन लुङले सो शिखर सम्मेलनमा सन् २००० देखि २०१७ सम्म चीन र अफ्रिकाबीचको व्यापार रकमको वृद्धि दर १५ गुणाले वृद्धि भएको बताउनुभयो। हाल अफ्रिकामा लगानी गरेका निजी व्यापारिक उद्योगहरूमा ९ हजार भन्दा बढी रहेको र सो लगानीको रकम २० अर्ब अमेरिकी डलर पुगेको पनि उहाँले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु