फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सछ्वानमा भएको पाँचौ सछ्वान अन्तर्राष्ट्रिय ट्राभल फेयरमा नेपाल पनि सहभागी

(GMT+08:00) 2018-09-07 13:42:57

पाँचौ सछ्वान अन्तर्राष्ट्रिय ट्राभल फेयर २०१८ एवं 'च्यातिङफाङ' नाइट नेपाल सप्ताह चीनको सछ्वान प्रान्तमा शुरू भएको छ। यस फेयरमा नेपाल आमन्त्रित अतिथि मुलुकको रूपमा रहेको छ। नेपाल पर्यटन बोर्डको नेतृत्वमा सहभागी नेपाली टोलीमा नेपाल ट्राभल एजेन्सी एशोसियसन नाटासँगै १४ वटा निजी पर्यटकीय उद्योगहरू र ४९ वटा हस्तकला उद्योगहरू सहभागी भएका नेपालखबर अनलाइनले जनाएको छ।

सछ्वान न्यूज अनलाइनका अनुसार नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको नेतृत्वमा नेपालबाट उच्चस्तरीय डेलिगेसन कार्यक्रममा सहभागी भएको छ। नेपालका लागि चिनियाँ राजदूत लीलामणि पौड्याल, सछ्वान प्रान्तीय पर्यटन विकास समितिका उपनिरीक्षक सिए हाइयिन, नगर समितिका अन्य पदाधिकारीहरू लगायतले कार्यक्रममा भाग लिएका छन्।

कार्यक्रमलाई संवोधन गर्दै चीनका लागि नेपाली राजदूत पौड्यालले नेपाल अद्वितीय पर्यटकीय गन्तव्य भएको बताउँदै प्रचुर साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य र बहुसाँस्कृतिक सम्पदाको धनी मुलुक भएको बताउनुभयो। उहाँले भन्नुभयो, 'करीब २० किलोमिटरकै दूरीमा राष्ट्रसंघीय युनेस्को सूचीमा रहेका सम्पदाहरूको अवलोकन पनि गर्न सकिन्छ, विश्वका १४ वटा अग्ला हिमचुचुरामध्ये ८ वटा शिखर हिमाल पनि नेपालमै छन्, १०० भन्दा बढी प्रजातिका चराचुरूङ्गी तथा फूलहरू, हाइकिङ, र्याफ्टिङ, जम्पिङ, प्याराग्लाइडिङ, स्काइडाइभिङ, लगायतको मजा लिनसकिन्छ।'

जानकारी तथा लेखहरु