फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालले चीनका ४ वटा सामुद्रिक र ३ वटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

(GMT+08:00) 2018-09-07 13:45:33

नेपाल र चीन बहुप्रतिक्षित व्यापार तथा पारबहन प्रोटोकलमा सहमत भएका छन्। यो सहमतीसँगै नेपालले अब तेस्रो देशसँग व्यापार गर्न भारतका सामुद्रिक बन्दरगाहमा मात्रै निर्भर रहनु पर्ने छैन। बिहिबार मध्यराती काठमाडौंमा भएको सहमती अनुसार नेपालले अब चीनका चार वटा सामुद्रिक र तीन वटा सुख्खा बन्दरगाह तेस्रो देशसँग व्यापारका लागि प्रयोग गर्न सक्नेछ।

दुई देशका अधिकारीबीच बिहीबार मध्यराति काठमाडौंमा सम्पन्न बैठकले नेपाल–चीनबीच दुई वर्षअघि भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिएको हो। नेपालले अब तेस्रो मुलुक जापान, कोरियालगायत देशबाट सामान ल्याउँदा चीनका सामुद्रिक बन्दरगाह थ्येन्चिन, शनचन, ल्यानयुयान र झान्जियाङ तथा चीनका सुख्खा बन्दरगाह लान्चौ, ल्हासा र सिगात्से प्रयोग गर्न पाउने छ।

वाणिज्य मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार नेपाल र चीनबीच २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलको १९–२१ भदौमा काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा यस्तो सहमती भएको हो। ढकालका अनुसार सहमती भएको बन्दरगाहबाट नेपालसम्म आउने उपयुक्त मार्ग, भन्सारसँग सम्बन्धित प्रक्रिया, यातायातको माध्यम, ढुवानी प्रक्रिया लगायतका पारवहन सम्बन्धी विभिन्न विषयहरूमा छलफल भई प्रोटोकल मस्यौदालाई अन्तिम रुप दिइएको छ।

प्रटोकलले अन्तिम रुप पाएसँगै नेपाल र चीनबीच २ वर्षअघि व्यापार तथा पारवहनसम्बन्धी भएको सम्झौता कार्यान्वयन आउने नेपालखबरले जनाएको छ।

जानकारी तथा लेखहरु