फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको ६५ प्रतिशत काम सम्पन्न

(GMT+08:00) 2018-09-07 13:47:00

अमलेखगञ्ज-रक्सौल-मोतिहारी पेट्रोलियम पाइपलाइन निर्माण कार्य ६५ प्रतिशत सकिएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुमपा लिइएको पाइपलाइन परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको हो।परियोजनाको सिमरास्थित कार्यालयका सिभिल इन्जिनियर प्रवेश थापाले भारततर्फ २७ किलोमिटर र नेपालतर्फ १७ किलोमिटर पाइप विछ्याइसकिएको जानकारी दिनुभयो।

मोतिहारीदेखि रक्सौलसम्म ३२ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगञ्जसम्म ३६ किलोमिटर पाइप गाड्नुपर्ने छ। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र, जितपुर तथा परवानीपुर बजारमा रहेका घर टहरा नहटाइएका कारण काम हुन सकेको छैन भने परवानीपुरदेखि गण्डकचौकसम्म पानी जम्ने समस्या यथावत रहेकोले काम गर्न समस्या छ। डोजरले खन्न नकस्ने ठाउँहरु, क्रसिङहरु, पुल र खोला नदीहरुमा डि्रलिङ गर्नुपर्ने देखिएकोले डि्रलिङ गर्ने मेशिन झिकाइएको परियोजनाका मेकानिकल इन्जिनियर सरद पौडेलले जानकारी दिनुभयो।

निकुञ्ज क्षेत्रमा काम परियोजनालाई गर्न वन मन्त्रालयले रुख काट्ने स्वीकृति दिएको छैन। जसले गर्दा पथलैयादेखि अमलेखगञ्जसम्म ९ किलोमिटर क्षेत्रमा काम अघि बढ्न सकेको छैन। सन् २०१७ डिसेम्बरदेखि शुरु भएको परियोजना डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। १ किलोमिटरमा औसत ५ करोड रुपैयाँ लागत लाग्ने अनुमानसहति भारत सरकारको सहयोगमा परियोजनाको काम अघि बढिरहेको छ। पाइपलाई परियोजना सम्पन्न भएपछि प्रतिघण्टा दुई लाख लिटर पेट्रोलियम पदार्थ भित्र्याउन सकिने अनलाइनखबरले लेखेको छ।

जानकारी तथा लेखहरु