फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिजुली किन्ने

(GMT+08:00) 2018-09-07 13:48:14

बंगलादेश सरकारले नेपालबाट ९ हजार मेगावाट बिजुली खरिद गर्ने भएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन बंगलादेश भ्रमणमा रहेका बेला बङगलादेशले सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावाट विजुली खरिद गर्ने योजना अघि सारेको पुनको सचिवालयलले जनाएको छ।

बंगलादेशको पावर र मिनरल रिसोर्स मन्त्रालय अन्तर्गतको पावर डिभिजनले सार्वजनिक गरेको योजनामा नेपालबाट सन् २०४० भित्र ९ हजार मेगावाट विजुली आयात गर्ने उल्लेख रहेको उर्जा मन्त्रालयले जनाएको छ। ढाकामा बिहीवारबाट सुरु भएको पावर एण्ड इनर्जी सप्ताह सम्मेलनको उद्घाटन समारोहमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालबाट विजुली आयातगर्ने योजना अघि बढेको र छिट्टै त्यसले मुर्त रुपमा पाउने दाबी गर्नुभयो। साथै उहाँले बंगलादेश, भारत र भुटानबीच छिट्टै त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने बताउनुभयो।

कार्यक्रममा उर्जा मन्त्री पुनले बंगलादेशमा विद्यूत निर्यात गर्न नेपाल तयार रहेको धारणा राख्नुभयो। 'हामी आउँदो १० बर्षमा १५ हजार विजुली उत्पादन गरिसक्छौं, उहाँले भन्नुभयो, त्यसमा ५ हजार विजुली बंगलादेशलाई बेच्न हामीलाई समस्या हुंदैन्।' नेपाल र बंगलादेशबीच गत १० अगस्टमा इनर्जी को-अपरेशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

बंगलादेशको तीनदिने भ्रमणका क्रममा ढांका पुगेका मन्त्री पुनले उर्जा र जलविद्युत क्षेत्रमाग र्ने सहकार्यबारे शुक्रबार आफ्ना समकक्षीसंग द्विपक्षीय वार्ता गर्ने र प्रधानमन्त्री शेख हसिनासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको पुनको सचिवालयलले जनाएको छ।

जानकारी तथा लेखहरु