फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वी आर्थिक मञ्चमा भाग लिन चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले रूसको भ्रमण गर्ने

(GMT+08:00) 2018-09-07 14:00:14

चिनियाँ परराष्ट्र मन्त्रालयले आज सेप्टेम्बर ७ तारिख चीन र विदेशका सञ्चार माध्यमहरुका लागि प्रेस ब्रिफिङको आयोजना गरेको छ। सहायक परराष्ट्र मन्त्री चाङ हान ह्वैले चौथो पूर्वी आर्थिक मञ्चका लागि राष्ट्राध्यक्ष सी चिनफिङको रुस भ्रमणबारे जानकारी दिनुका साथै पत्रकारद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभयो।

उहाँले राष्ट्राध्यक्ष सी चिनफिङले चौथो पूर्वी आर्थिक मञ्चका लागि उहाँले आगामी सेप्टेम्बर ११ तारिखदेखि १२ तारिखसम्म रुसको भ्लादिभोस्तोकको भ्रमण गर्ने कार्यक्रम रहेको बताउनुभयो। उहाँका अनुसार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१५मा पूर्वी आर्थिक मञ्चको आयोजना गर्न प्रस्ताव गर्नुभएको थियो। जुन रुसले सुदूर पूर्व क्षेत्रबीचको सहयोगलाई अघि बढाउने एउटा महत्वपूर्ण कदम हो। चीनका राष्ट्रनायक पूर्वी आर्थिक मञ्चमा सहभागी हुने यो पहिलो पटक हुनुका साथै चालू वर्षको उत्तरार्धमा चीन र रुसका उच्च तह बीचको सबैभन्दा महत्वपूर्ण आवत-जावत पनि हो।

सहायकमन्त्री चाङ हान ह्वैले चीन र रुसको संयुक्त प्रयासमा राष्ट्राध्यक्ष सीको भ्रमण सफल हुने भन्दै यसबाट चीन-रुस सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको विकासमा नयाँ प्रेरक शक्ति थप्ने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु