फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो पूर्वी आर्थिक मञ्चका लागि चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको रुस भ्रमण

(GMT+08:00) 2018-09-07 14:54:46

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको निम्तोमा चौथो पूर्वी आर्थिक मञ्चका लागि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले आगामी सेप्टेम्बर ११ तारिखदेखि १२ तारिखसम्म रुसको भ्लादिभोस्तोक जानुहुने कार्यक्रम रहेको छ। चीनका राष्ट्रनायक पूर्वी आर्थिक मञ्चमा सहभागी हुने यो पहिलो पटक हो। यसका साथै चालू वर्षमा चीन र रुसका राष्ट्रनायक बीचको तेस्रो भेट-वार्ता पनि हुनेछ। चिनियाँ परराष्ट्र मन्त्रालयले आज सेप्टेम्बर ७ तारिख चीन र विदेशका सञ्चार माध्यमहरुका लागि ब्रिफिंगको आयोजना गरेको थियो। परराष्ट्र मन्त्रालयका सहायक मन्त्री चाङ हान ह्वैले चौथो पूर्वी आर्थिक मञ्चका लागि सी चिन फिङको रुसको भ्रमणबारे जानकारी दिनुभयो।

चाङ हान ह्वैका अनुसार, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१५मा पूर्वी आर्थिक मञ्चको आयोजना गर्न प्रस्ताव गर्नुभयो। जुन रुसले सुदूर पूर्वी क्षेत्रबीचको सहयोगलाई अघि बढाउने एउटा महत्वपूर्ण कदम हो। यस भ्रमणबाट चीन-रुस सम्बन्धलाई निरन्तर रुपमा उच्च स्तरको विकासतर्फ डोर्‍याउनुका साथै दुई देश बीचको चौतर्फी सहयोगलाई अघि बढाउनेछ।

रुसको भ्रमणको अवधिमा राष्ट्राध्यक्ष सीले अनेकन द्वीपक्षीय अथवा बहुपक्षीय कार्यक्रममा भाग लिनुहुनेछ। यसका साथै उहाँले चौथो पूर्वी आर्थिक मञ्चलाई सम्बोधन गर्दै रुसका राष्ट्रपति पुटिनसँग यस वर्षको तेस्रो भेट-वार्ता गर्नुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु