फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ वाणिज्य मन्त्रालयद्वारा चीन-अफ्रिका आर्थिक व्यापारिक सहयोगलाई अघि बढाउने विविध कदम

(GMT+08:00) 2018-09-07 14:55:42

भर्खरै सम्पन्न चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा चीन-अफ्रिका आर्थिक व्यापारिक सहयोगलाई अघि बढाउने अनेकन उपलव्धीहरु हासिल भएको छ। चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले हाल पैचिङमा बोल्दै अफ्रिकाका विभिन्न मुलुकहरुसँग लगानी,आर्थिक तथा व्यापारिक क्षेत्रमा रहेको सहयोगलाई व्यवहारमा उतार्नका लागि चीनले विविध कदम चाल्ने विचार व्यक्त गरेका छन्।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले हिजो सेप्टेम्बर ६ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार, चीनले अफ्रिकासँगको आर्थिक तथा व्यापारिक सहयोग व्यवस्थाको आविष्कार गरी "चीन-अफ्रिका आर्थिक तथा व्यापारिक एक्स्पो"को स्थापना गर्नेछ। चीनले आर्थिक तथा व्यापारिक सहयोग क्षेत्रको निर्माणलाई सबल पार्नेछ। चीनले चिनियाँ व्यवसायहरुलाई अफ्रिकामा बढी लगानी गर्न प्रोत्साहन दिएर अफ्रिकी लगानीमा अरु बढी समर्थन तथा सघाउ प्रदान गर्नेछ।

जानकारी तथा लेखहरु