फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन तथा सैंतीस अफ्रिकी मुलुक र अफ्रिकी संघबीच "बेल्ट एण्ड रोड" सम्बन्धी प्रोटोकलमा हस्ताक्षर

(GMT+08:00) 2018-09-07 16:41:52

हालसम्म चीनले सैंतीस वटा अफ्रिकी मुलुक र अफ्रिकी संघसँग सफलताका साथ "बेल्ट एण्ड रोड" सम्बन्धी सरकारबीचको स्मृत्ति प्रोटोकलमा हस्ताक्षर गरिसकेको जानकारी चीनको राष्ट्रिय विकास र सुधार समितिका जिम्मेवार व्यक्तिले दिनुभएको छ।

चीन-अफ्रिका सहकार्य मञ्च पैचिङ शिखर सम्मेलन हालै पैचिङमा सफलताका साथ सम्पन्न भएको छ। चीनको राष्ट्रिय विकास र सुधार समिति अन्तर्गत पश्चिमी विभागका उपप्रमुख चाङ मिङले सात तारिख पैचिङमा पत्रकारलाई अन्तर्वार्ता दिंदै उक्त मञ्चमा सँगै मिलेर "बेल्ट एण्ड रोड"को निर्माण गर्ने महत्वपूर्ण मतैक्यता प्राप्त भएको जानकारी दिनुभयो।

अब उपरान्त चीनले चीन-अफ्रिकाबीचको "बेल्ट एण्ड रोड" सम्बन्धी सहकार्यलाई अझ गहन र यथेष्ट पार्दै जाने जानकारी पनि राष्ट्रिय विकास र सुधार समिति अन्तर्गत अन्तर्राष्ट्रिय विभागका उपप्रमुख स्या छिङले दिनुभएको छ।

जानकारी तथा लेखहरु