फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज ५१औं विश्व साक्षारता दिवस, नेपालमा पनि मनाइँदै

(GMT+08:00) 2018-09-08 14:08:22

आज ५१औं विश्व साक्षारता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।सन् १९६५ मा यूनेस्कोले हरेक वर्ष सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसका रूपमा मनाउने घोषणा गरेपछि यो दिवस मनाउन थालिएको हो।

यस वर्ष विश्व साक्षारता संस्थाले विश्व साक्षरता दिवसको नारा 'एउटा डिजिटल संसारमा साक्षरताको महत्व' भन्ने राखेको छ।

नेपालमा शिक्षा दिवसको साताव्यापी कार्यक्रमअन्तर्गत गत आइतबारदेखि नै विभिन्न गतिविधि सञ्चालन भइरहेको छ।

शिक्षा मन्त्रालयको तथ्यांकमा ३० जिल्लाका तीन लाख नागरिक अझै निरक्षर छन्। अहिलेसम्म ४७ जिल्ला साक्षर घोषित भएका छन्।

१५ देखि ५९ वर्ष उमेर समूहका निरक्षरलाई साक्षर बनाउन सरकारले वि. सं. २०६५ मा राष्ट्रिय साक्षरता अभियान सुरु गरेको थियो।

सरकारले साक्षारता अभियानका लागि सात अर्ब रुपैयाँभन्दा बढी रकम खर्च गरिसकेको छ।

२०६७ सालमा पुनः सर्वेक्षण गर्दा ५१ लाख ७३ हजार ९ सय ७९ जना निरक्षर भेटिएका थिए। पछिल्लो सरकारी तथ्यांकमा निरक्षर घटेको देखिएको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु