फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बीसौं चीन अन्तर्राष्ट्रिय लगानी व्यापार मेलाप्रति चिनियाँ राष्ट्राध्यक्षको शुभकामना सन्देश

(GMT+08:00) 2018-09-08 14:09:13

बीसौं चीन अन्तर्राष्ट्रिय लगानी व्यापार मेला आज आठ तारिख फू च्यान प्रान्तको स्यामन शहरमा सुरु भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यस मेलालाई शुभकामना सन्देश पठाउनुभएको छ।

उहाँका अनुसार बीस वर्षयता चीन अन्तर्राष्ट्रिय लगानी व्यापार मेलाले द्विपक्षीय लगानी प्रवर्द्धन,प्राधिकरण सूचनाको प्रकाशन र लगानी प्रवृत्तिको गोष्ठी गरी तीन ठूला मञ्चको निर्माणका लागि प्रयास गर्दै आएको छ। हाल यो मेला सारा विश्वको सबैभन्दा प्रभाव शक्ति बोक्ने अन्तर्राष्ट्रिय लगानी मेलाहरुमध्ये एक बनेको छ।

राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार यस वर्ष सुधार तथा खुलापन लागू भएको चालीसौं वार्षिकोत्सव हो। विदेशका लागि चीनको खुल्ला ढोका झन झन बढी ठूलो बन्दै गएको छ। यस मेलाले द्बिपक्षीय लगानीलाई मुख्य विषयको रुपमा लिइ विश्वको खुला अर्थतन्त्र निर्माणका लागि सकारात्मक भूमिका सिर्जना गर्नसक्ने आशा राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

जानकारी तथा लेखहरु