फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनराजनीतिक परामर्शदातृ सम्मेलनले विदेशी कार्यमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा वाङ याङको जोड

(GMT+08:00) 2018-09-08 14:09:38

हाल तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको चिनियाँ कम्युनिष्ट पार्टी अध्ययन केन्द्र टोलीले "वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति"को बारेमा तेस्रो सामुहिक अध्ययनको आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य,चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष,चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सचिव वाङ याङले यस पढाईको अध्यक्षता गर्नुका साथै सम्बोधन पनि गर्नुभएको छ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि सी चिनफिङलाई केन्द्रमा राखिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नेतृत्वमा चीनको विदेशी कार्यले अथक प्रयास गरी धेरै कठिनाईलाई जितेर ऐतिहासिक उपलव्धी हासिल गरेको कुरामा जोड दिनुभयो। उहाँका अनुसार,सन् २०१८मा चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनको सफल आयोजनाबाट मानव हित लक्षित समुदायको निर्माण गर्ने तथा बहुपक्षीयतावादको अक्षरसः पालना गर्ने चीनको सदिच्छा तथा चिनियाँ विशेषतायुक्त ठूलो मुलुकको कूटनीतिक विशेष आचरण अभिव्यक्त गरिएको छ। चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनले सी चिनफिङ चिनियाँ विशेषतायुक्त समाजवादको कूटनीतिक विचार गहन रुपमा अध्ययन गर्नुपर्ने,रणनीतिक सोच तथा अन्तर्राष्ट्रिय दृष्टिको स्थापना गर्नुपर्ने,जटिल अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दा मतैक्यताको लागि विशेष भूमिका निर्वाह गर्नुपर्ने पनि वाङ याङले बताउनुभयो।

जानकारी तथा लेखहरु