फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ छि शान उत्तर कोरियाको सत्तरी‌औं राष्ट्रिय दिवस सहभागी

(GMT+08:00) 2018-09-08 14:17:05

चीनका उप-राष्ट्राध्यक्ष वाङ छि शान हिजो सेप्टेम्बर ७ तारिख बेलुका पैचिङमा चिनियाँ जनवैदेशिक मैत्री संघ तथा चीन-उत्तर कोरिया मैत्री संघद्वारा संयुक्त रुपमा आयोजित उत्तर कोरियाको सत्तरी‌औं राष्ट्रिय दिवस समारोहमा उपस्थित हुनुभएको छ।

उप-राष्ट्राध्यक्ष वाङ छि शानले उत्तर कोरियाका कमरेडहरुले बितेका सत्तरी वर्षदेखि समाजवादी क्रान्ति तथा निर्माण कार्यमा प्राप्त गरेका पर्याप्त उपलव्धीहरुप्रति बधाई व्यक्त गर्नुभयो। उहाँका अनुसार,चालू वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङ तथा उत्तर कोरियाको श्रमिक पार्टीका अध्यक्ष किम जोङ उनबीच तीन पटक गरी भेट-वार्ता भएको छ। जसले चीन-उत्तर कोरिया सम्बन्धको दीर्घकालीन अवधिसम्म विकासका लागि निर्देशिका प्रदान गरेको छ। उत्तर कोरियासँगै मिलेर दुई देशका सर्वोच्च नेताहरुबीच सम्पन्न महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतारी द्वीपक्षीय सम्बन्धको विकासलाई अघि बढाउन चीन इच्छुक रहेको छ।

त्यसैगरी चीनका लागि उत्तर कोरियाका राजदूत चि जाइ रोङले चिनियाँ कमरेडहरुसँगै मिलेर दुई देशका राष्ट्रनायकबीच सम्पन्न महत्वपूर्ण सहमति बमोजिम उत्तर कोरिया-चीन मैत्री कार्यको विकास गर्न उत्तर कोरिया इच्छुक रहेको प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु