फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रतिनिधिद्बारा सम्झौता-वार्तामार्फत सिरिया समस्याको समाधान गर्न आह्वान

(GMT+08:00) 2018-09-08 14:43:34

सम्बद्ध पक्षहरूले कूटनीतिक प्रयासलाई बढाएर सम्झौता-वार्तामार्फत समस्याको समाधान गर्नुका साथै परिस्थितिलाई शिथिल पार्नतर्फ अघि बढ्दै जाने चीनको अपेक्षा छ। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आवासीय प्रतिनिधि मा चाउ स्युले सात तारिख सुरक्षा परिषद्को सिरिया समस्या सम्बन्धी खुला बहसमा उक्त आह्वान गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

प्रतिनिधि माका अनुसार, सिरिया समस्याको राजनीतिक समाधान गरिने प्रक्रिया ढिलो भएको, आतंकवादी संगठन अझ खतरनाक रहेको र इदलेब प्रान्त आदि क्षेत्रको परिस्थिति अझ निकै तनावपूर्ण रहेको देखिन्छ। यस सन्दर्भमा अन्तर्राष्ट्रिय समाजले एकताबद्ध भएर निरन्तर रुपमा आतंकवादमाथि दृढताका साथ प्रहार गर्नुका साथै आतंकवाद विरोधी उपलब्धिलाई सुदृढ पार्दै जानुपर्छ।

चीनले सधैं नै राजनीतिक तवरले सिरिया समस्याको समाधान गर्ने अडान लिंदै आएकाले जुन सिरियामा शान्ति र स्थिरता पूरा हुने एक मात्र उपाय हो भन्ने कुरामा पनि प्रतिनिधि माले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु