फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र अमेरिकी एक्सोनमोबिल कम्पनीका प्रबन्धकबीच भेटघाट

(GMT+08:00) 2018-09-08 18:55:22

चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङले सेप्टेम्बर ७ तारिख दिउँसो चौङना हाईको च क्वाङ हलमा अमेरिकी एक्सोनमोबिल कम्पनीका प्रबन्धक एवम् सिईओ ड्यारेन उड्ससँग भेटघाट गर्नुभएको छ।

भेटमा उहाँले चीन र अमेरिकाबीच लगानीको स्वस्थ विकास दुवै पक्षका लागि मात्र नभएर विश्वको स्थिर आर्थिक विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि पनि उपयोगी हुने भन्दै विश्वका विभिन्न मुलुकहरुले व्यापार तथा लगानी गर्ने स्वतन्त्रता तथा सुविधाको संयुक्त रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो।

अमेरिकी एक्सोनमोबिल कम्पनीले यस पटक चीनसँग दश अर्ब अमेरिकी डलर बराबरको पेट्रोल तथा रासायनिक परियोजना क्वाङ तुङ प्रान्तमा प्रवेश गर्ने विषयबारे छलफल गरेको छ। ड्यारेन उड्सले एक्सोनमोबिल कम्पनीको चीनसँग दीर्घकालीन अवधिसम्म सहयोगात्मक सम्बन्ध रहेको भन्दै खुला स्तरलाई विस्तार गर्ने,व्यापारको वातावरणमा सुधार गर्ने तथा बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्ने सम्बन्धमा हाल चीनले चालेको अनेकन कदमहरुको प्रशंसा गर्नुभयो।

जानकारी तथा लेखहरु