फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सिमेन्ट आयात २९ प्रतिशले बढ्यो

(GMT+08:00) 2018-09-09 14:48:36

नेपाल सरकारले मुलुक सिमेन्टमा आत्मनिर्भरनजिक रहेको दावी गरिरहे पनि तयारी सिमेन्ट तथा यसको कच्चा पदार्थ क्लिङ्करको आयात भने बर्सेनि बढ्दै गइरहेको पाइएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४-७५ मा ३१ अर्ब १७ करोड रुपैयाँ बराबरको तयारी सिमेन्ट तथा क्लिङ्कर आयात भएको कारोबार अनलाइनले लेखेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखाएको हो।

आर्थिक वर्ष २०७३-७४ मा २४ अर्ब रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएकोमा गत वर्ष २९ प्रतिशत वृद्धि भइ ३१ अर्ब रुपैयाँको आयात भएको छ। अघिल्लो आर्थिक वर्ष २०७२-७३ मा ११ अर्ब ६८ करोड रुपैयाँको सिमेन्ट तथा क्लिङ्कर आयात भएको थियो। सरकारले २०७४ साललाई 'बेन्चमार्क' राख्दै सिमेन्टमा आत्मनिर्भर हुने महत्वाकांक्षी योजना ल्याएको थियो। तर, सिमेन्ट तथा क्लिङ्करको आयातको अनुपातलाई हेर्दा भने आत्मनिर्भर हुन अझै निकै समय लाग्ने देखिएको छ। २०७२ सालको भूकम्पले नेपालमा ८ लाखभन्दा बढी निजी आवास तथा ठूलो संख्यामा विद्यालय, स्वास्थ्य चौकी तथा सम्पदाहरूमा क्षति पुर्‍याएपछि पुनर्निर्माणका क्रममा परम्परागत निर्माण शैली बदलिएको छ।

ढुंगा र माटोले बनेका अधिकांश घरहरू अहिले सिमेन्ट र बालुवाबाट बन्न थालेका छन्। कतिपयले ढुंगाको विकल्पका रूपमा इटाको समेत प्रयोग गर्न थालिसकेका छन्। यसरी पुनर्निर्माणले स्वरूप र निर्माण शैलीमै परिवर्तन ल्याउँदा सम्वन्धित सामाग्रिको आयात पनि बढेको छ। घर निर्माणमा सबैभन्दा बढी प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट मुख्य हो र अहिले यही सिमेन्ट उद्योगमा राष्ट्रिय तथा वाह्य लगानी आकलन गरिएभन्दा बढी विस्तार भइरहेको छ। भूकम्पले आम उपभोक्तामा सचेतना ल्याएको र खर्च गरेरै भएपनि बलियो घर बनाउनुपर्छ भन्ने पाठ सिकाएको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउनुहुन्छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा क्लिङ्करसहित भएकोले धेरै रकम देखिएको भन्दै अहिले पनि मागको तुलनामा वार्षिक २० प्रतिशतको हाराहारी क्लिङ्कर आयात भएको उहाँको भनाइ छ। "जबसम्म क्लिङ्करमा आत्मनिर्भर बन्न सकिन्न तबसम्म सिमेन्टमा देश आत्मनिर्भर हुन सक्दैन," उहाँ भन्नुहुन्छ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष तथा शिवम् सिमेन्टका सञ्चालक सतिषकुमार मोर पनि भूकम्पपछि आम उपभोक्ता, निर्माणकर्ता तथा सरोकारवालामा जनचेनताको 'प्यारामिटर' निकै परिवर्तन भएको भएको बताउनुहुन्छ। व्यक्तिगत होस् या व्यावसायिक गुणस्तरीय निर्माण समग्रीको प्रयोग गर्नुपर्छ भन्ने शिक्षा भूकम्पले दिएको उहाँको अनुभव छ। भूकम्पपछि निर्माण सामग्री त्यसमा पनि सिमेन्टको मागमा अत्यधिक वृद्धि भएको छ। पहिले वार्षिक १० देखि १२ प्रतिशतको हाराहारीमा माग बढ्थ्यो भने अहिले १८-२० प्रतिशतसम्म माग बढेको उहाँले बताउनुभयो। "अहिले सरकारले सञ्चालन गरेका कतिपय आयोजना 'विकास साझेदारको सहयोगका' आयोजना हुन्छन्, कतिपय विकास साझेदारका सहयोगमा सञ्चालनमा छन्। त्यस्ता आयोजनाका लागि आउने सिमेन्ट र छडहरू भारतबाट आउँदा ड्युटी छुट दिइएको हुनसक्छ," उहाँ भन्नुहुन्छ, "त्यही कारणले नै उनीहरूले भारतीय सिमेन्ट र छडहरू प्रयोग गरेको हो। "सिमेन्ट उद्योगमा आएका पछिल्ला वैदेशिक लगानी नेपाली उद्योगभन्दा निकै नै ठूला छन्। चिनियाँ कम्पनी होङ्सीले सिमेन्टले ३६ अर्ब लगानीको उद्योग स्थापना गरेको छ भने नेपालमा ८४ वटा सिमेन्ट उद्योगले सञ्चालन इजाजत लिएका छन्। जसमध्ये ४८ वटा सञ्चालनमा छन्।

जानकारी तथा लेखहरु