फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्र मन्त्री वाङ र पाकिस्तानी राष्ट्रिय सभाका सभामुख बीच भेटवार्ता

(GMT+08:00) 2018-09-09 15:32:02

चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले सेप्टेम्बर आठ तारिख इस्लामावादमा पाकिस्तानी राष्ट्रिय सभाका सभामुख असाद काइसेरसँग भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा मन्त्री वाङले सर्वप्रथम राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान शुले सभामुख काइसेरलाई दिनुभएको अभिवादन हस्तान्तरण गर्नुभयो। मन्त्री वाङले जनता बीचको मित्रताले नै चीन र पाकिस्तान सम्बन्ध निरन्तर रुपमा अघि विकसित हुँदै जाने आधार बनाएको र चीन-पाकिस्तान हरपलको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अघि बढाउने महत्वपूर्ण शक्ति पनि रहेको बताउनुभयो। आगामी दिनमा पाकिस्तानी राष्ट्रिय सभाले विगतमा झैं करिडरको निर्माणमा महत्व दिँदै त्यसलाई समर्थन गर्नुका साथै करिडरको भावी विकासका लागि योगदान गर्दै जाने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।

प्रत्युत्तरमा सभामुख काइसेरले दुवै देश बीचको सांस्कृतिक आदान-प्रदान र दुवै देशका विधायिका संस्था बीचको आवत-जावतलाई सबल पार्दै जान पाकिस्तान इच्छुक रहेको कुरा औँल्याउनुभएको छ।

जानकारी तथा लेखहरु