फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्री तथा पाकिस्तानी स्थल सेनाका चिफ अफ जनरल स्टाफ बीच भेटवार्ता

(GMT+08:00) 2018-09-09 15:32:58

चीनको राज्य परिषद्का सदस्य एवं परराष्ट्र मन्त्री वाङ यीले हिजो सेप्टेम्बर आठ तारिख इस्लामावादमा पाकिस्तानी स्थल सेनाका चिफ अफ जनरल स्टाफ कमर जाभेद बाजवासँग भेटवार्ता गर्नुभएको छ।

भेटका अवसरमा मन्त्री वाङले पाकिस्तानमा नयाँ सरकार स्थापना भएकोमा आफ्नो यो भ्रमणको मुख्य उद्देश्य पाकिस्तानी नयाँ सरकारसँग सम्पर्क राखेर चीन-पाकिस्तान हरपल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै अझ घनिष्ट चीन-पाकिस्तान भाग्य एकरुपताको स्थापना गर्ने रहेको जानकारी दिनुभएको छ।

प्रत्युत्तरमा चिफ अफ जनरल स्टाफ बाजवाले पाकिस्तान तथा चीन बीचको हरपल रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन पाकिस्तानी नयाँ सरकार प्रयासरत रहेको र पाकिस्तानी सेनाले दुवै देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई विकसित पार्दै जाने कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु