फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पृथ्वीको तेस्रो ध्रुव" विषयक पर्यटन संस्कृति सम्बन्धी शिखर मञ्च ल्हासामा आयोजित

(GMT+08:00) 2018-09-09 15:53:44

"पृथ्वीको तेस्रो ध्रुव २०१८" विषयक पर्यटन संस्कृति सम्बन्धी शिखर मञ्च हिजो सेप्टेम्बर ८ तारिख तिब्बतको ल्हासामा आयोजित भयो। तिब्बतको पर्यटन संस्कृति सम्बन्धी चौथो अन्तर्राष्ट्रिय एक्स्पोको मुख्य कार्यक्रमहरुमध्येको एकको रुपमा रहेको"पृथ्वीको तेस्रो ध्रुव" विषयक पर्यटन संस्कृति सम्बन्धी शिखर मञ्चले "नयाँ युगमा चीनको तिब्बतको पर्यटन संस्कृतिको विकासका लागि अवसर तथा छनौट"लाई मुख्य विषय बनाएको छ। सो कार्यक्रममा तिब्बतको पर्यटन संस्कृतिको विकासको परिकल्पनाबारे छलफलमार्फत तिब्बतको पर्यटन उद्योगले नयाँ युगमा नयाँ छवि देखाउने तथा नयाँ उचाइमा पुर्‍याउने मानिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत तिब्बत स्वायत्त प्रदेशका उप-सचिव, तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालाले शिखर मञ्चलाई सम्बोधन गर्दै विशेषतायुक्त पर्यटन उद्योगलाई उत्कृष्ट बनाएर विश्वको महत्वपूर्ण पर्यटन गन्तव्यक राम्रोसँग निर्माण गर्नुले तिब्बतको भावी विकास तथा दीर्घकालीन अवधिसम्मको स्थिरताका लागि मह्तवपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

मंगोलियाको उलानबटर शहरको संसदका सभापति एच इ साइनबुयानले शिखर मञ्चमा बोल्दै यस पटकको तिब्बतको पर्यटन संस्कृति सम्बन्धी चौथो अन्तर्राष्ट्रिय एक्स्पोमा आफ्नो संलग्नताबाट मंगोलिया तथा तिब्बत स्वायत्त प्रदेशका पर्यटन तथा संस्कृति बीचको आदान-प्रदानलाई अघि बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु