फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ संस्कृति प्रतियोगिताको पुरस्कार वितरण

(GMT+08:00) 2018-09-09 15:57:56

चिनियाँ संस्कृति प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको आयोजना आज सेप्टेम्बर ९ तारिख बिहान काठमाडौँमा आयोजना गरियो। सत्रौँ चिनियाँ सांस्कृतिक तथा कला प्रतियोगिता आठौँ राजदूत कप चिनियाँ भाषा प्रतियोगिता र मेरो मनमा चीन चित्रकला प्रतियोगितामा सहभागी उत्कृष्ट नेपाली विद्यार्थीहरुले पुरस्कार प्राप्त गरेका छन्।

सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत यु होङले अन्तर्राष्ट्रिय सांस्कृतिक महत्व बारे जानकारी दिँदै विश्वव्यापीकरणको निरन्तर विकासमा आपसी विश्वासमा चीनले मानवीय सभ्यतामार्फत महत्वपूर्ण काम गरेको बताउनुभयो। चिनियाँ संस्कृति र सभ्यता विश्वभरि नै फैलिरहेको भन्दै राजदूत यु होङले नेपालमा पनि चिनियाँ संस्कृति विभिन्न रुपमा विस्तार भएकोमा खुशी प्रकट गर्नुभयो।

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीन सम्बन्धको उच्च मूल्याङ्कन गर्दै नेपाल र चीनबीचको सम्बन्ध राजनीतिक र सरकारी स्तरमा मात्र नभएर जनस्तरमा फैलिएको बताउनुभयो। दुई देशलाई भूगोल र संस्कृतिले जोडेको भन्दै नेपालमा चिनियाँ संस्कृति रुचाएर आफ्नो क्षमता प्रदर्शन गर्दै पुरस्कार जित्ने विद्यार्थीहरुलाई उहाँले बधाइ पनि दिनुभयो।

जानकारी तथा लेखहरु