फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा उत्तर कोरियाका सर्वोच्च नेतालाई बधाई सन्देश

(GMT+08:00) 2018-09-09 15:59:07

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर नौ तारिख उत्तर कोरियाको 70औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषद्का प्रमुख किम जोन उनलाई बधाई सन्देश पठाउनुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले प्रजातान्त्रिक जन गणतन्त्र कोरिया स्थापनाको सत्तरी वर्षयता उत्तर कोरियाली जनताले समाजवादी क्रान्ति र निर्माण कार्यमा उल्लेखनीय उपलब्धि प्राप्त गर्दै आएको भन्दै बितेका केही वर्षयता श्रमिक पार्टीका अध्यक्षले उत्तर कोरियाका पार्टी र जनताको नेतृत्व गरी आर्थिक र सामाजिक विकास आदि पक्षमा विविध सकारात्मक कदम चालेर महत्वपूर्ण उपलब्धि प्राप्त गरेको दृश्य देख्दा आफुलाई निकै खुसी लागेको बताउनुभएको छ।

राष्ट्राध्यक्ष सीले प्रजातान्त्रिक जन गणतन्त्र कोरिया समृद्ध र सम्पन्न हुनुका साथै जनता सुखमय रहुन् भन्ने हार्दिक शुभकामना पनि प्रकट गर्नुभएको छ।

जानकारी तथा लेखहरु