फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतद्वारा पर्यटन उद्योगको विस्तारसँगै पर्यावरणीय संरक्षणमा उच्च ध्यान

(GMT+08:00) 2018-09-10 16:48:16

तिब्बतमा पर्यटन संस्कृति सम्बन्धी चौथो अन्तर्राष्ट्रिय एक्स्पो यही सेप्टेम्बर सातदेखि एघार तारिखसम्म ल्हासामा आयोजना भइरहेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त प्रदेश समितिका उपसचिव एवं तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चा लाले एक्स्पोको पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार पर्यटन उद्योग तिब्बतको सात ठूला उद्योगहरुमध्ये एक हो भने यसको असीमित भविष्य र विशाल आकर्षण शक्ति रहेको छ। तिब्बतले हरियो पानी तथा पहाडलाई सुनको पहाड बनाउने क्रममा पर्यावरणीय वातावरणको प्राकृतिक विकास कानुनबमोजिम सबैभन्दा कम वातावरण लागतले सबैभन्दा उच्च सामाजिक लाभ सिर्जना गरिरहेको छ। उदाहरणका लागि सगरमाथा लगायत लोकप्रिय पर्यटकीय क्षेत्र असीमित रुपमा खुल्ला नगर्ने र उच्च गुणस्तरीय पर्यटकीय क्षेत्रको रुपमा निर्माण गरिने छ।

भविष्यमा तिब्बतले छ्याङ्ग थाङ्ग पठारभूमि पर्यटकीय क्षेत्र,आ ली ठूलो क्रेन,लिन ची तीन ठूला क्षेत्रलाई जोड दिँदै विश्वको तेस्रो ध्रुवीय पर्यटकीय परियोजनाको विकास गर्ने छ।

जानकारी तथा लेखहरु