फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय शिक्षा बैठकमा चिनियाँ राष्ट्राध्यक्षको महत्वपूर्ण सम्बोधन

(GMT+08:00) 2018-09-10 16:48:42

राष्ट्रिय शिक्षा बैठक आज सेप्टेम्बर दश तारिख विहान पैचिङ्गमा सुरु भयो। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन आयोगका अध्यक्ष सी चिन फिङले सो बैठकमा भाग लिँदै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ।

आज चीनको 34 औँ शिक्षक दिवस हो। राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको तर्फबाट पूरै राष्ट्रका समस्त शिक्षक र शिक्षा सम्बन्धी कामदारलाई शिक्षक दिवसको हार्दिक र सदिच्छापूर्ण शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार लामो समययता समस्त शिक्षकहरुले कम्युनिष्ट पार्टीको शिक्षा नीतिलाई व्यवहारमा उतारेका छन्। शिक्षा दिँदै योगदान सिर्जना गर्ने ती शिक्षकहरुले राष्ट्रिय विकास र जातीय पुनःरुत्थानका लागि महत्वपूर्ण योगदान गरेका छन्। शिक्षक नै मानवीय आत्माको इन्जिनियर र मानवीय सभ्यताको प्रचारप्रसारकर्ता हो। पूरै कम्युनिष्ट पार्टी र पूरै समाजले शिक्षकलाई सम्मान गर्दै शिक्षकको सामाजिक स्थानलाई उकास्नुपर्छ। जसबाट शिक्षकहरुले शिक्षा क्षेत्रमा कम्युनिष्ट पार्टी र जनताका लागि नयाँ तथा अझ ठूलो योगदान सिर्जना गर्नसक्ने छन्।

जानकारी तथा लेखहरु