फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका प्रधानमन्त्री र चिनियाँ परराष्ट्र मन्त्री भेटवार्ता

(GMT+08:00) 2018-09-10 16:49:04

पाकिस्तानका प्रधानमन्त्री इमरान अहमेद खान निअजीले इस्लामाबादमा चिनियाँ राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री इमरानका अनुसार पाकिस्तान र चीन सदावहार रणनीतिक सहयोगात्मक साझेदारी हुन्। यी दुबै पक्षबीचको सम्बन्ध पाकिस्तान र चीन सरकारको साझा इच्छामा आधारित मात्र नभइ यी दुबै मुलुकका जनताबीचको गहन मित्रतामा रहेको छ। चीनले पाकिस्तानी जनताको मनमा विशेष स्थान लिएको छ। पकिस्तानको नयाँ सरकारले चीनसँगको सम्बन्धलाई अघि बढाउन द्दढ प्रयास गर्दै जाने छ। पाकिस्तान चीन आर्थिक कोरिडोर यी दुबै मुलुकबीचको आर्थिक सहयोगको एक प्रतीक योजना मात्र नभइ बीआरआईको महत्वपूर्ण विषय हो। पाकिस्तानले चीनसँग यस योजनालाई राम्रोसँग प्रवर्द्धन गर्ने आशा गरेको छ।

परराष्ट्र मन्त्री वाङ्गका अनुसार चीनले पाकिस्तानको नयाँ सरकारसँग आपसी सम्बन्धलाई असल छिमेकी मुलुक सम्बन्धको नमूनाको रुपमा विकास गर्दै जाने छ। साथै चीनले पाकिस्तानसँग चीनको गरिबी न्युनीकरण, भ्रष्टाचारको विरोध र सुधार तथा खुलापन सम्बन्धी सफल अनुभवको साझेदारी गर्न लागेको छ।

जानकारी तथा लेखहरु