फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानका राष्ट्रपति र चिनियाँ परराष्ट्र मन्त्री भेटवा‌र्ता

(GMT+08:00) 2018-09-10 16:49:23

हिजो सेप्टेम्बर नौ तारिख नवनियुक्त पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले इस्लामबादमा चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्रपति अल्भीले परराष्ट्र मन्त्री वाङ्गलाई चिनियाँ राष्ट्रध्यक्ष सी चिन फिङका लागि हार्दिक शुभकामना दिनुका साथै परराष्ट्र मन्त्री वाङ्गले आफ्नो शपथग्रहण समारोहमा भाग लिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको छ। उहाँका अनुसार पाकिस्तानले सधैँ चीनसँगको मित्रतालाई जोड दिँदै आएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले प्रस्तुत गर्नुभएको बेल्ट एण्ड रोड अवधारणा प्रस्तावसँग महत्वपूर्ण भावार्थ रहेको छ। पाकिस्तानको नयाँ सरकारले पाकिस्तान चीन आर्थिक कोरिडोर निर्माणलाई गहन पार्दै गरिबी न्युनीकरण, भ्रष्टाचारको विरोध, रोजगार आदि क्षेत्रमा चीनसँग सिक्ने आशा गरेको छ।

परराष्ट्र मन्त्री वाङ्गका अनुसार पाकिस्तानको इतिहासको नयाँ पृष्ठ सुरु भएको छ। चीन र पाकिस्तानबीचको सम्बन्ध ढुङ्गा जस्तै कडा देखिन्छ। आफ्नो पाकिस्तान भ्रमणले राष्ट्राध्यक्ष सीको निर्देशनबमोजिम पाकिस्तानको नयाँ सरकारसँग सम्पर्क राख्दै निरन्तर आपसी विभिन्न क्षेत्रको सहयोगलाई प्रवर्द्धन गर्दै जाने लक्ष्य लिएको छ।

जानकारी तथा लेखहरु