फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा चीन-पाकिस्तान सम्बन्धलाई नमूना बनाइने

(GMT+08:00) 2018-09-10 18:04:53

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता कङ श्वाङले राजनीतिक दल र सरकार परिवर्तन भए पनि चीन-पाकिस्तान सम्बन्ध स्थिर भइरहेको भन्दै पाकिस्तानको भ्रमण हुँदा चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तान नयाँ सरकारका नेतासँग धेरै कुरामा सहमति सम्पन्न गर्नुभएको जानकारी दिनुभयो। चीनले पाकिस्तानको नयाँ सरकारसँग आपसी सम्बन्धलाई असल छिमेकी मुलुकबीचको नमूना सम्बन्ध बनाएर क्षेत्रीय शान्ति र वेल्ड एन्ड रोड इनिसिएटिभलाई सँगै निर्माण गर्ने नमूना पनि बनाउने इच्छा लिएको पनि उहाँले बताउनुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो। सेप्टेम्बर आठ र नौ तारिख चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानको ‌औपचारिक भ्रमण गर्नुभएको छ। अमेरिकी विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गरेपछि यो भ्रमण भएको हो। त्यससम्बन्धी पत्रकारको प्रश्नको जवाफ दिँदै प्रवक्ता कङ श्वाङले पाकिस्तानमा नयाँ सरकार स्थापना हुँदा वाङ यीले पाकिस्तानको भ्रमण गर्ने उद्देश्य नै पाकिस्तानको नयाँ सरकारसँग विभिन्न क्षेत्रको सहयोगबारे छलफल गरी नयाँ अवस्थामा चीन-पाकिस्तान सम्बन्धको विकास गर्नु रहेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु