फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षको विशेषदूत र उत्तर कोरियाली सर्वोच्च नेता भेटवार्ता

(GMT+08:00) 2018-09-10 18:21:43

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङका विशेषदूत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य ली चान सुले हिजो सेप्टेम्बर नौ तारिख प्योगयाङमा उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष एवं राज्य परिषद्का प्रमुख किम जोन उनसँग भेटवार्ता गर्नुभएको छ। विशेषदूत लीले राष्ट्राध्यक्ष सीद्वारा अध्यक्ष किमलाई दिइएको लिखित पत्र हस्तान्तरण गर्नुभयो। सो लिखित पत्रमा राष्ट्राध्यक्ष सीले उत्तर कोरिया स्थापना भएको 70 वर्षयता श्रमिक पार्टी र जनताले समाजवाद निर्माण कार्यमा उल्लेखनीय उपलब्धि पाएको उल्लेख छ। चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई मजबुत बनाउनु र संरक्षण गर्नु नै सधैँ चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको द्दढ नीति हो। राष्ट्राध्यक्ष सीले अध्यक्ष किमसँग आपसी महत्वपूर्ण सहमतिलाई व्यवहारमा उतार्दै चीन र उत्तर कोरियाबीचको सम्बन्धमा अझ ठूलो विकास पाउन प्रवर्द्धन गर्दै जाने आशा गर्नुभएको छ।

उत्तर कोरियाका सर्वोच्च नेता किमका अनुसार दुबै पार्टी र दुबै देशका पुराना पुस्ता नेताहरुको प्रयासमा बनेको उत्तर कोरिया र चीनबीचको मैत्री सम्बन्ध मूल्यवान धन हो। नयाँ रणनीति मार्गमा लागेको वर्तमान उत्तर कोरियाले चीनसँग विभिन्न पक्षको सहयोगलाई विस्तार गर्दै जाने आशा गरेको छ। जसबाट यी दुबै मुलुकको समाजवाद कार्यको विकासलाई प्रवर्द्धन गर्नसकिने छ।

जानकारी तथा लेखहरु