फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सेवा व्यापार मात्रा नयाँ उचाइमा

(GMT+08:00) 2018-09-10 18:24:52

चीनको वाणिज्यमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार, चालु वर्षका अघिल्ला सात महिनामा चीनको सेवासम्बन्धी आयात-निर्यात मात्रा उनन्तीस खर्ब पचहत्तर अर्ब चालीस करोड अमेरिकी डलर पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 9.9 प्रतिशत बढेर नयाँ इतिहास सिर्जना गरेको छ। सो अवधिमा आयात मात्रा 14.6 प्रतिशतले बढेको छ भने निर्यात मात्रा 7.7 प्रतिशतले बढेको छ। सेवा व्यापार मात्रा चीनको कूल बैदेशिक व्यापार मात्राको पन्द्र प्रतिशत पुगेको छ।

विश्व व्यापारसमक्ष संरक्षणवाद देखा परेको अवस्था चीनको सेवा व्यापार दश प्रतिशतसम्म बढेको छ जसबाट चीनको आर्थिक विकास स्थिर हुँदै प्रगति हुने प्रवृत्तिको राम्रोसँग कायम रहेको देखिन्छ। विशेषज्ञका अनुसार, चीनको सेवा व्यापार विकास भएबाट चीनको सेवा व्यापारको औद्योगिक आधार अझै दृढ भएको, सेवा व्यापार सुविधा प्रबर्द्धन गर्ने चीनको नीति चीनभरि फैलाउने, आर्थिक ढाँचाको सुधार हुन समर्थन दिनसकिने देखिएको छ।

जानकारी तथा लेखहरु