फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ सहयोगमा युवा रोजगार तालिम सम्पन्न

(GMT+08:00) 2018-09-10 19:52:28

चिनियाँ सहयोगमा संचालित नेपाली युवालाई रोजगारी क्षमताको छ महिने तालिम आज सम्पन्न भएको छ। २० जना नेपाली युवाहरु सहभागी भएको सो तालिमबाट दीक्षित हुनेमध्ये ७ जनाले काम पनि पाइसकेका छन्।

आज अपरान्ह काठमाडौँमा आयोजित सो तालिम समापन समारोहमा तालिमको आयोजक चीनको स्वायत्त प्रदेश तिब्बतको गुडवील फाउन्डेसनका जिम्मेवार व्यक्ति मा च चेनले सम्बोधन गर्नु भएको थियो। आफ्नो संस्थाले गहन रुपमा नेपालमा यो तालिम संचालन गरेको बताउँदै उहाँले श्रमिकले सीप र प्रविधिबाट फाइदा उठाउँदा आफूलाई खुशी लागेको बताउनुभो। विगत छ महिनामा पाएको अवसरबाट श्रमिकले आधा सपना पूरा भएको उहाँले बताउनुभयो।

काठमाडौँस्थित चिनियाँ दूताबासका काउन्सिलर ली छुन याङले यस्तो तालिमले चीन र नेपाल सम्बन्धको प्रवर्द्धनलाई राम्रो योगदान दिने बताउँदै सो तालिममा आफू दोस्रोपटक उपस्थित भएको बताउनुभयो। उहाँले चिनियाँ राजदूत यु होङको तर्फबाट शुभकामना पनि दिनुभयो।

सो कार्यक्रममा तालिममा सहभागी युवा र उनीहरुका अभिभावकले नाचगान पनि प्रस्तुत गरेका थिए।

सीआरआई नेपाली सेवाका लागि

वर्षा

काठमाडौँ

जानकारी तथा लेखहरु