फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस पूर्वीतिर अगाडि हिँड्दै

(GMT+08:00) 2018-09-11 16:04:53

चौथो पूर्वी अर्थतन्त्र मञ्च यही सेप्टेम्बर 11 देखि 13तारिखसम्म रुसको सुदूर पूर्वी शहर भ्लादिभोस्तोकमा आयोजना हुँदैछ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ,धेरै उत्तर पूर्वी एशियाली मुलुकका नेताहरु र साठीभन्दा बढी राष्ट्रका प्रतिनिधि मण्डलले यो मञ्चमा भाग लिँदैछन्। यस मञ्चले इतिहासमा सबैभन्दा ठूलो रेकर्ड सिर्जना गर्ने छ।

पूर्वी अर्थतन्त्र मञ्चको स्थापना गर्ने विचार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् 2015 मा प्रस्तुत गर्नुभएको हो। यो मञ्च नै तत्कालीन रुसले युरोप तथा अमेरिकासँगको सम्बन्ध तुरुन्तै घटेको पृष्ठभूमिमा गरेका अनेकन"पूर्वतिर अगाडि हिँड्नु"भन्ने निर्णय प्रस्तावहरुमध्ये एक हो। पश्चिमी क्षेत्रले रुसको उक्त निर्णय प्रस्तावमा धेरै शंका गरेका थिए। तापनि हाल केही वर्षयता रुसले पूर्वतिर अगाडि हिँड्ने पाइला झन झन बढी तिब्र बनाउँदै ल्याएको छ। "पूर्वतिर आगाडी हिँड्नु"बाट झन झन बढी रुपमा रुसको दीर्घकालीन राष्ट्रिय रणनीति प्रतिबिम्बित भएको छ।

हाल चीन नै सुदूर पूर्वी क्षेत्रमा रुसको सबैभन्दा ठूलो व्यापारिक साझेदारी र पहिलो ठूलो विदेशी पूँजी स्रोत मुलुक हो। चीन र रुसले सुदूर पूर्वी क्षेत्रमा गरेको सहयोगले यी दुबै मुलुकबीचको चौर्तफी रणनीतिक साझेदारी सम्बन्धमा झन झन महत्वपूर्ण भूमिका सिर्जना गरिरहेको छ।

उत्तर पूर्वी क्षेत्रसँग प्रचुर ऊर्जास्रोत र विशाल संचिति शक्ति रहेको छ। यस पञ्चमा भाग लिने उत्तर पूर्वी एशियाली मुलुकका नेताहरुमध्ये चिनियाँ राष्ट्राध्यक्ष बाहेक मंगोलियाका राष्ट्रपति,जापानी प्रधानमन्त्री,दक्षिण कोरियाली प्रधानमन्त्री आदि रहेका छन्। जसबाट यस क्षेत्रका विभिन्न मुलुकले सहयोगलाई मजबुत बनाउने इच्छा अभिव्यक्त भएको छ। यसका साथै यी मुलुकहरुले एक पेटी एक मार्ग भन्ने निर्णय प्रस्तावप्रति झन झन बढी स्पष्ट सहमत्ति पाउँदै गएको देखिन्छ। यस पृष्ठभूमिमा राष्ट्राध्यक्ष सी र उत्तर पूर्वी एशियाका धेरै मुलुकका नेताहरुले संयुक्त रुपमा यस पूर्वी अर्थतन्त्र मञ्चमा भाग लिनुबाट क्षेत्रीय सहयोगलाई उकास्नु,एक पेटी एक मार्ग भन्ने निर्माणद्वारा उत्तर पूर्वी एशियाली क्षेत्रमा विकास गर्नुका लागि हितकर भूमिका सिर्जना गर्ने छ।

रुसको यस रणनीति एशिया प्रशान्त क्षेत्रको अर्थतन्त्र तिब्र गतिले विकसित भैरहेको अवस्थामा आधारित छ। सारा विश्वमा अर्थतन्त्र सबैभन्दा सक्रिय तथा तिब्र भएको क्षेत्रहरुमध्ये एकको रुपमा एशिया प्रशान्त आर्थिक क्षेत्र नै रुसका लागि विशाल उपभोग्य बजार र संचिति लगानी स्रोत स्थल बनेको छ।

रुसको"पूर्वतिर अगाडी हिँड्नु"भन्ने रणनीति पश्चिमी क्षेत्रले रुसलाई नाकाबन्दी गरेको नतिजा होइन। तापनि पश्चिमी क्षेत्रसँगको घट्दो सम्बन्धले केही परिमाणमा रुसद्वारा पूर्वतिर विकास गरिएको पाइलालाई बढाएको छ। हाल युरोप निरन्तर रुपमा रुसको महत्वपूर्ण व्यापारिक साझेदारी हो। त्यसैले "पूर्वतिर अगाडि हिँड्नु"सँग रुसले पश्चिमी क्षेत्रलाई त्याग गर्ने भन्ने भावार्थ रहेको छैन। वर्तमान रुसले पूर्व र पश्चिम गरी दुई दिशालाई जोड दिँदै गएको छ। तर विकास प्रवृत्तिबाट हेर्दा पूर्वतिरबाट हेर्दा अझ सुन्दर तथा उज्यालो भविष्य देखिन्छ।

जानकारी तथा लेखहरु