फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षका विशेषदूत उत्तर कोरिया स्थापना भएको 70 औँ वार्षिकोत्सव समारोहमा

(GMT+08:00) 2018-09-11 16:05:49

उत्तर कोरियाली श्रमिक पार्टीको केन्द्रीय समिति र उत्तर कोरिया सरकारको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङका विशेषदूत चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य ली चान सुको नेतृत्वमा रहेको चिनियाँ सत्तारुढ पार्टी प्रतिनिधि मण्डलले उत्तर कोरियाको भ्रमण गर्नुका साथै उत्तर कोरिया स्थापना भएको 70औँ वार्षिकोत्सवमा भाग लिएको छ।

विशेषदूत लीले यही सेप्टेम्बर आठ तारिख उत्तर कोरियाली सर्वोच्च जनसभाका स्थायी समितिका अध्यक्ष एवं श्रमिक पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरो सदस्य किम योङ्ग नामसँग भेटवार्ता गर्नुभएको छ। उहाँका अनुसार चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले रणनीतिक तथा दीर्घकालीन दृष्टिकोणबाट चीन र उत्तर कोरियाबीचको सम्बन्धको विकास गर्दै आएको छ। चीनले उत्तर कोरियासँग यी दुबै पक्षका पार्टीका नेताबीच भएको सहमतिलाई व्यवहारमा उतार्दै क्षेत्रीय स्थिरता तथा विकासका लागि अझ ठूलो योगदान गर्दै जाने आशा गरेको छ।

किम युङ्ग नामका अनुसार अध्यक्ष किम जोङ उन र चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङबीच संयुक्त प्रवर्द्धनमा उत्तर कोरिया र चीनबीचको परम्परागत मित्रता नयाँ उच्च उचाइमा पुगेको देखिन्छ। उत्तर कोरियाले चीनको अनुभव सिकेर यी दुबै मुलुकका विभिन्न क्षेत्रको आदानप्रदान र सहयोगलाई गहन पार्ने आशा गरेको छ।

गत नौ तारिख विशेषदूत लीले उत्तर कोरिया स्थापना भएको 70औं वार्षिकोत्सव समारोहमा भाग लिनुका साथै उत्तर कोरियाली श्रमिक पार्टीका अध्यक्ष किम जोङ उन लगायत राष्ट्रिय नेताहरु र प्योगयाङका विभिन्न क्षेत्रका जनतासँग आयोजित परेड कार्यक्रमको अवलोकन गर्नुभएको थियो।

जानकारी तथा लेखहरु