फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष चौथो पूर्वी अर्थतन्त्र मञ्चमा भाग लिने रुस प्रस्थान

(GMT+08:00) 2018-09-11 16:06:14

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले रुसको भ्लादिभोस्तोकमा आयोजना हुने चौथो पूर्वी अर्थतन्त्र मञ्चमा भाग लिनुहुने छ।

स्थानीय सयमअनुसार आज सेप्टेम्बर एघार तारिख दिउँसो साढे दुई बजे राष्ट्राध्यक्ष सीले विशेष विमानद्वारा भ्लादिभोस्तोक अन्तर्राष्ट्रिय विमान स्थलमा पुग्नुभएको छ। विमानबाट निस्कनासाथ राष्ट्राध्यक्ष सीले रुसका उच्च पदाधिकारीहरुको हार्दिक स्वागत पाउनुभएको छ।

चौथो पूर्वी अर्थतन्त्र मञ्च आज सेप्टेम्बर 11 देखि 13 तारिखसम्म आयोजना हुँदैछ। यो मञ्चको विषय"सुदूर पूर्व:अझ बढी अवसर" भन्ने रहेको छ। मञ्चका अवसरमा राष्ट्राध्यक्ष सीले राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्नुका साथै चीन रुस अर्थ तथा व्यापार,मानव तथा संस्कृति,क्षेत्रीय आदानप्रदान सम्बन्धी कार्यक्रममा भाग लिनुहुने छ।

जानकारी तथा लेखहरु