फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वाङ्ग तुङ्ग प्रान्तले अन्तर्राष्ट्रिय प्रभावित शक्तिलाई उकास्ने

(GMT+08:00) 2018-09-11 18:40:52

क्वाङ्ग तुङ प्रान्त सरकारको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो"21 औँ शताब्दी समुद्री रेश्मी मार्ग"चीन क्वाङ्ग तुङ्ग अन्तर्राष्ट्रिय प्रचारप्रसार मञ्चको तयारी कामको जानकारी दिएको छ। चाइना मिडिया ग्रुप र क्वाङ्ग तुङ्ग प्रान्त जन सरकारको संयुक्त संयोजनमा यो मञ्च सेप्टेम्बर 19 देखि 21 तारिखसम्म क्वाङ्ग तुङ्ग प्रान्तको चु हाइ शहरमा आयोजना हुनेछ।

चाइना मिडिया ग्रुपअन्तर्गत चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उपाध्यक्ष हु पाङ्ग शङ्गले जानकारी दिनुभएअनुसार चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनपछि चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको छ। समुद्री रेशमी मार्गको निर्माणमा नयाँ प्रगति भएको छ। सुधार तथा खुलापन भएको चालिसऔं वार्षिकोत्सवको उपलक्ष्यमा यस मञ्चको संयोजनसँग वास्तविक भावार्थ रहेको छ। क्वाङ्ग तुङ्ग प्रान्त नै सुधार तथा खुल्लापनको नेतृत्व स्थल मात्र नभइ समुद्री रेशमी मार्गको केन्द्रीय क्षेत्र पनि हो। क्वाङ्ग तुङ्ग समुद्री रेशमी मार्गको निर्माणले चीनको नयाँ चरण सुधार तथा खुलापनमा निर्देशन भूमिका सिर्जना गर्ने छ। अन्तर्राष्ट्रिय समाजमा महत्वपूर्ण प्रभावित शक्ति बोकेको मिडियाको रुपमा चाइना मिडिया ग्रुपले चीनको आवाज सुनाउँदै द्दढताका साथ अर्थतन्त्रको वैश्वीकरण र व्यापारको उदारीकरणलाई प्रवर्द्धन गर्नुका साथै आदानप्रदान र सहयोगलाई बढाउँदै जाने छ।

जानकारी तथा लेखहरु