फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजु किम जोङ ऊनद्वारा ली चान शुसँग फेरि भेट

(GMT+08:00) 2018-09-11 18:41:15

सेप्टेम्बर दश तारिख उत्तर कोरियाको श्रम पार्टी एवं राज्य परिषदका अध्यक्ष किम जोङ ऊनले उत्तर कोरिया भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङका विशेषदूत ली चान शुसँग फेरि भेट-वार्ता गर्नुभएको छ। नेता किमले ली चान शु र उहाँको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी र सरकारको प्रतिनिधिमण्डललाई विशेष कला प्रदर्शनी र भव्य स्वागत समारोहको आयोजना गर्नुभएको छ।

वार्ता गर्दा किम जोङ ऊनले प्रजातान्त्रिक जन गणतन्त्र कोरिया स्थापना भएको सत्तरीऔँ वार्षिकोत्सवका उपलक्ष्यमा महासचिव सी चिन फिङले तपाईँको नेतृत्वमा रहेको भ्रमणदल खटाउनुभएबाट आफू र उत्तर कोरियाको पार्टी, सरकार, जनतामाथि महासचिव सी चिन फिङको गहिरो मित्रता देखिएको विचार व्यक्त गर्नुभयो। उहाँले लीको प्रतिनिधिमण्डललाई सबभन्दा महत्वपूर्ण अतिथिको रुपमा राखेको भन्दै सो अवसरमा विभिन्न क्षेत्रमा दुई पक्षबीचको सहयोगलाई बढाएर दुई देशका जनताको फाइदा, क्षेत्रीय शान्ति तथा समृद्धिलाई बढाउने इच्छा लिएको बताउनुभयो।

ली चान शुले अध्यक्ष किम जोङ ऊनले व्यस्त हुँदाहुँदै पनि दुई चोटि भेट गर्ने समय दिनु भएको र विशेष कला प्रदर्शनी र स्वागत समारोहको आयोजना गर्नुभएबाट महासचिव सी चिन फिङ र चीनको पार्टी, सरकार, जनतामाथि अध्यक्ष किम जोङ ऊन र उत्तर कोरियाको पार्टी, सरकार र जनताको हार्दिक मित्रता देखिएको बताउनुभयो। उहाँले उत्तर कोरियासँग दुई पार्टी र दुई देशका शिर्ष नेताबीच सम्पन्न भएको महत्वपूर्ण सहमतको पालना गरी आपसी सहयोग र सिकाइ बढाएर समाजवादी कार्यलाई प्रबर्द्धन गर्ने इच्छा लिएको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु